वीरगन्ज :

युरोपेली केन्द्रीय बैङ्कद्वारा ब्याजदर वृद्धि

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
157Views
0 Shares

युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला प्रमुख ब्याज दरलाई कीर्तिमानी उचाइमा पुर्याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ ।

नीति निर्माताहरूले उधारो लागतलाई अर्को एक चौंथाइ बिन्दुले बढाएका छन् । सबैको चासोका रूपमा हेरिएको निक्षेप दरलाई चार प्रतिशतमा पुर्याएर सन् १९९९ मा यूरोको सुरुवात पछिको यो वृद्धि उच्चतम स्तरमा पुर्याइएको हो ।

रूसले युक्रेनमा आक्रमण गरेका कारण ऊर्जा र खाद्यान्नको लागतमा वृद्धि भएपछि गत वर्षको जुलाईमा केन्द्रीय बैंकले आफ्नो इतिहासकै सबैभन्दा आक्रामक ब्याजदर वृद्धि चक्र सुरु गरेको र यो लगातार १० औं वृद्धि हो ।

युरोको प्रयोग गर्ने २० देशहरूमा तीव्र रुपमा बिग्रदै गएको आर्थिक परिदृश्यको बढ्दो सङ्केतको बावजुद बैङ्कले अर्को वृद्धिको घोषणा गरेको छ । बैङ्कले उधारो लागत उच्च स्तरमा पुगेकोले मूल्य वृद्धिलाई छोटो समयमै दुई प्रतिशतको लक्ष्यमा ल्याउन मद्दत गर्ने पनि बताएको छ ।

ब्याजदरको निर्णयको घोषणा पछि ईसीबी अध्यक्ष क्रिस्टीन लेगार्डले यसले बढ्दो मूल्यहरू तत्काल नियन्त्रण गर्न ‘पर्याप्त योगदान’ गर्ने बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *