
श्रेणी : अन्तर्राष्ट्रिय
युरोपेली केन्द्रीय बैङ्कले आफ्नो ब्याजदरलाई सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको छ । बैंकले यसको मुख्य दरहरू एक चौथाई प्रतिशत बिन्दुले बढाउँदै यसको मानक निक्षेप ब्याजदर ३ दशमलव ७५ प्रतिशत कायम गरेको छ ।
यो सन् २००१ को मेपछि यसको उच्चतम विन्दु अर्थात् यस पहिलेको ब्याजदरको उच्चतम विन्दु बराबर पुगेको हो । मुद्रास्फितिसँग जुध्न बैङ्कको एक वर्ष लामो ब्याजदर वृद्धिको चक्रमा ऋणको लागत अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा बढेको छ ।
युक्रेनमा रूसको आक्रमणपछि ऊर्जा र खाद्यान्नको मूल्य वृद्धि भएको र गत वर्षको जुलाईमा ईसीबीले आफ्नो पहिलो कदम चालेपछि मुख्य दरहरू ४ दशमलव २५ प्रतिशत बिन्दुले बढेको छ ।
ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले पत्रकार सम्मेलनमा गत वर्षको अन्त्यमा मुद्रास्फीति दुई अङ्कको उच्च बिन्दुबाट तल झरेको र मूल्य मापन अझै पनि धेरै लामो समयसम्म धेरै उच्च रहने अपेक्षा गरिएको बताइन् । युरोजोनमा उपभोक्ता मूल्य जुनमा ५ दशमलव ५ प्रतिशतले बढेको छ तर ईसीबीको दुई प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ ।

प्रतिक्रिया