वीरगन्ज :

युनेस्कोका नवप्रवर्तकहरूको प्रचार–प्रसार सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.1kViews
1739 Shares

वीरगंज, २२ फागुन – सामाजिक मूल्य, मान्यता, तथा नयाँ पुस्ताबीच ज्ञान, सीप, प्रविधि र अनुभव अदान–प्रदान गर्ने उद्देश्यले युनेस्कोका नवप्रवर्तकहरूको प्रचार–प्रसारसम्बन्धी दुई दिने कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ। वीरगंजको बिर्तास्थित तालिम केन्द्रमा आयोजित कार्यक्रममा महिला, पुरुष, युवा–युवती, ज्येष्ठ नागरिक, शिक्षक, शिक्षिका तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि गरी ३० जना सहभागी थिए।

नयाँ पुस्ताको सोच र पुरानो पुस्ताको अनुभवलाई कसरी एकसाथ जोडेर अघि बढ्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई नेपालस्थित युनेस्को सचिवालयका शाखा अधिकृत उषा पोखरेल तथा युनेस्को सचिवालयका सचिव डा. दिव्य दवाडीले प्रशिक्षण तथा सहजीकरण गरेका थिए। कार्यक्रममा पुराना तथा नयाँ पुस्ताका समूहहरूले प्रस्तुत गरेका कार्यपत्रहरूमाथि छलफलसमेत गरिएको थियो।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत अरविन्दलाल कर्ण तथा जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख हिरा राउत कुर्मीले आ–आफ्ना अनुभवहरू आदान–प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासनिक अधिकृत कर्णले शिक्षा जुनसुकै उमेरमा लिन सकिने बताउँदै दुवै पुस्ताले एकअर्काबाट धेरै कुरा सिक्न सक्ने कुरामा जोड दिए। उनले नयाँ पुस्ता प्रविधिमैत्री रहे पनि पुरानो पुस्ताका धेरै अनुभव तथा ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन आवश्यक रहेको उल्लेख गरे।कार्यक्रम नेपाल सरकार शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालय युनेस्को निमित्त नेपाल राष्ट्रि आयोगको सचिवालय सिंहदरवार काठमाडौंको आयोजनामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *