श्रेणी : अन्तर्राष्ट्रिय
गाजा, २१ पुस । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्तिका लागि कतारमा चलिरहेको अप्रत्यक्ष वार्ताको पुष्टि गरेको छ ।
यो वार्ता गाजा शहरमा भएको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको दिन सुरु भएको प्यालेष्टिनी प्रहरीले जनाएको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक बनाइएका व्यक्तिहरूको रिहाईका लागि वार्ता पुनः शुरू भएको जानकारी दिए।
काट्जले, “हमाससँग बन्धक मुक्तिका लागि इजरायली प्रतिनिधिमण्डल शुक्रवार कतार पुगेको थियो,” भनें। उनले प्रधानमन्त्री बेनाजामिन नेतन्याहूको नेतृत्वमा वार्ताका लागि विस्तृत निर्देशन प्राप्त भएको बताए।
यसै क्रममा, १९ वर्षीया महिला सैनिक लिरी अल्बागको गाजामा हमासको सशस्त्र शाखाले सार्वजनिक गरेको बन्धक भएको भिडियोपछि वार्ता तीव्र बनिएको छ। भिडियोमा, अल्बागले हिब्रु भाषामा आफ्नो रिहाइका लागि इजरायली सरकारसँग माग गर्दै सुनिन्छ।
अल्बागका परिवारले इजरायलका प्रधानमन्त्रीलाई युद्धविराम सम्झौताका लागि अपिल गर्दै भनेका छन्, “गाजामा तपाईंका आफ्नै छोराछोरी बनाइएका छन्, त्यसैले अब युद्धविराम सम्झौताका लागि निर्णय लिने समय आएको छ।”
हाल गाजामा ९६ जना इजरायली बन्धक रहेका छन्, जसमा ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ। एजेन्सी
प्रतिक्रिया