
श्रेणी : अन्तर्राष्ट्रिय
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएका छन् ।
कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले ठूलो आक्रमणको आवश्यकता नरहेको बताएका हुन् ।
रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि यो भनाई आएको हो । फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेका छन् ।
तर युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौंदेखिको क्षेत्रीय क्षतिका बावजुद रूसले ‘सबै कुरा ठीक गरिरहेको’ उनले बताए ।
पुटिनले आफूले सबै कुरा ठीक गरिरहेको बताए । यद्यपि उनले मस्कोका पूर्व सोभियत सहयोगीहरू द्वन्द्वलाई लिएर ‘चिन्तित’ रहेको स्वीकार गरे । उनले रूसमा परिचालन विस्तार गर्ने आफ्नो कुनै योजना नरहेको पनि बताए ।

प्रतिक्रिया