वीरगन्ज :

युक्रेनलाई वार्षिक तीन अर्ब युरो दिने इयूको योजना

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
11Views
0 Shares

युरोपेली सङ्घ (इयू) ले युक्रेनको पुनर्निर्माणका लागि वार्षिक तीन अर्ब युरो जुटाउने बताएको छ । यसका लागि ईयूले युक्रेनमा रोक्कामा रहेको रूसी केन्द्रीय बैंकको सम्पत्तिको ब्याजमा कर लगाउन सक्ने बेल्जियमका प्रधानमन्त्रीले बताएका छन् ।

ब्रसेल्समा ईयूका नेताहरूको शिखर बैठकपछि अलेक्जेन्डर डी क्रुले आफूहरु अप्रत्याशित नाफाको करमा काम गरिरहेका बताए । यसबाट युक्रेनको पुनर्निर्माणमा प्रतिवर्ष तीन अर्ब युरो खर्च गर्न सकिने अनुमान गरिएको उनले बताए । युक्रेनमा मस्कोको आक्रमणको सजायस्वरुप युरोपेली सङ्घले रूसी केन्द्रीय बैंकको करिब २०० अर्ब युरोको सम्पत्ति रोक्का गरेको छ ।

डि क्रुका अनुसार उक्त रकममध्ये करिब ९० प्रतिशत रकम अन्तर्राष्ट्रिय निक्षेप संस्था युरोक्लियरको मुख्यालय रहेको बेल्जियममा छ । उनले इयूका २७ जना नेताबीच अप्रत्याशित कर लागू गर्ने विषयमा ‘राजनीतिक सहमति’ भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *