वीरगन्ज :

युक्रेनलाई थप १८ अर्ब युरो ऋण सहायता दिने ब्रसेल्सको प्रस्ताव

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
4Views
0 Shares

ब्रसेल्सले युक्रेनलाई १८ अर्ब युरोको सहायता दिने प्रस्ताव गरेको छ । युरोपेली आयोगले सन् २०२३ सम्ममा युक्रेनलाई प्राप्त गर्न १८ अर्ब युरोको आर्थिक सहायता प्याकेजको विवरण सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत, यूरो समूहले किभलाई प्रति महिना १ दशमलव ५ अर्ब यूरो ऋणको रूपमा पठाउनेछ । उक्त रकम ब्याज भुक्तानीको साथ युरोपेली सङ्घले असुल गर्नेछ । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो ।

उक्त युद्धका कारण युक्रेनसँगै विश्वभर आर्थिक समस्या देखिएपछि मार्च २९ मा टर्कीको इस्तानबुलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा रूस र युक्रेनकाबीच प्रत्यक्ष वार्ता भएको थियो ।

वार्तामा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीलाई आपुर्तिमा अवरोध नगर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *