श्रेणी : अन्तर्राष्ट्रिय
9Views
0
Shares
मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।
युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताएका छन् । युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो ।
रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई निश्तेज पार्ने प्रयास गरिरहेको बताएको थियो । यता पोडोल्याकले भने त्यस्ता गतिविधिमा रूसी गुरिल्ला समूहहरू जिम्मेवार हुन सक्ने बताएका छन् ।
प्रतिक्रिया