
श्रेणी : राजनीति
7Views
0
Shares
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
गत बैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ वाट यादव निर्वाचित भएका थिए । उपनिर्वाचनवाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन् ।

प्रतिक्रिया