वीरगन्ज :

यात्रुवाहक बस पुलबाट चिप्लिँदा ८ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

1 month
Pradeep Sah
2.5kViews
1710 Shares

काठमाडौं,१३ पुस । उत्तरी भारतको पन्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा  कम्तीमा आठजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

दुर्घटना पन्जाबको भटिन्डा जिल्लाको जीवनसिंह वाला गाउँनजिक भएको हो । बस तीव्र गतिमा गुडेको तथा चालकले नियन्त्रण गुमाएपछि नालीमा खसेको हो ।

दुर्घटनाको लगत्तै स्थानीय बासिन्दा घाइतेरूलाई मद्दत गर्न घटनास्थलमा पुगे र प्रहरीलाई खबर गरे । प्रहरीले उद्धार कार्यमा आफ्नो टोली र विपद् व्यवस्थापन बलका कर्मचारीहरू पठाए ।

“आजको दुर्घटनामा एक दुई वर्षीया बालिका सहित आठजनाको दुर्भाग्यपूर्ण मृत्यु भएको छ,” भटिन्डाका एक वरिष्ठ सरकारी अधिकारी शौकत अहमद परेले मिडियालाई बताए, “तलबन्दी अस्पतालमा पाँचजनाको र अन्य तीनजनाको सिभिल अस्पताल भटिन्डामा मृत्यु भएको पुष्टि भएको छ ।”

भटिन्डाका एक वरिष्ठ प्रहरी अधिकारी अमनीत कोन्डलले दुर्घटनास्थलबाट ४६ यात्रुको उद्धार गरिएको बताए । प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *