
श्रेणी : BANNER
वीरगंज (पर्सा), १४ फागुन । ‘नेपाल सरकारको अड्डामा एक करार कर्मचारीको दशकौंदेखि रजाइँ’ सुन्दा पत्यार लाग्दैन । तर यो यथार्थ हो । वीरगंज स्थित यातायात कार्यालयमा दशकौंदेखि करार कर्मचारीको रजाइँ छ । विगतमा यातायात कार्यालयको कर्मचारीलाई खाजा नास्ता खुवाउने पसल थापेर बस्दै आएका शम्भु गुरुङ्ग विगत ५ वर्षअघिदेखि करार कर्मचारीमा नियुक्त भएर हालसम्म यातायात कार्यालयमा कार्यरत छन् । तर उनको काम कार्यालयको काम नभई विचौलियाको काम गर्ने मुख्य काम हो । उनी करारका कर्मचारी भएपनि उनले विचौलियाको रुपमा सेवाग्राहीहरुसँग लाइसेन्स बनाउन पैसाको बार्गेनिङ्ग गरि सेटिङ्ग गरेर फेल भएकाहरुलाई पनि पास गराई लाइसेन्स बनाउने गरेका छन् ।
उनी करारका कर्मचारी भएपनि उनको रवाफ कुनै हाकिम भन्दा कम छैन । उनको तलबको औषत र उनको रवाफ पटक्कै मेल खाँदैन । उनी करार कर्मचारी भएपनि उनको निजी क्रेटा गाडी छ । उनी कुनैपनि हाकिम सरुवा भएर आउने वित्तिकै विश्वासिलो पात्रको रुपमा बन्ने गरेका छन् । फेल भएका सेवाग्राहीहरुलाई पैसा लिएर लाइसेन्स बनाए वापत लाखौं रकम असुली गरि हाकिमको चरणमा चढाएकै कारण उनी जुनसुकै हाकिमको विश्वासिलो पात्रको रुपमा स्थापित हुने गरेका छन् । उनी यस कार्यालयमा कार्यरत भएदेखि हालसम्म दर्जनौं हाकिम आए, गए तर उनी जहाँको त्यहीँ छन् । जोसुकै पनि अक्टुपस जस्तो टाँसेर सेटिङ्ग गर्ने उनीमा खासियत छ । चाहे त्यो ट्राफिक प्रहरी होस्, पत्रकार होस, नेपाल प्रहरी होस्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस् अथवा जुनसुकै नियमनकारी निकाय होस्, जाँचबुझ गर्न आउने कर्मचारीलाई सुटुक्क कोप्चामा लगेर सेटिङ्ग गरिहाल्ने उनीमा खुबी छ । यसै कारण उनी जहिलेपनि हाकिमको प्रिय पात्रको रुपमा रहने गरेका छन् । यति मात्रै कहाँ हो, उनी कर्मचारी भएपनि लाइसेन्सको लिखित परीक्षा, ट्रायल परीक्षामा उनको अगाडि कुनै हाकिम चुइँ पनि बोल्दैनन् । उनले चाहे मात्रै जोसुकै फेल भएका व्यक्ति पनि पास हुनेगर्छ, नचाहे पास हुने पनि फेल हुन्छ । उनको इसारामा फेल पास गरिन्छ । अर्कोतर्फ केही दिन अघिसम्म यातायात कार्यालयमा प्रमुख कमल गौतमको विश्वासिलो पात्र मानिने शम्भु गुरुङ्ग अहिले भर्खरै केही दिन अघि मात्रै सरुवा भएर आएका कार्यालय प्रमुख उमेश रेग्मीको पनि प्रिय पात्र बनेका छन् । उमेश रेग्मी लामो समयसम्म यातायात कार्यालय वीरगंजमा काम गरिसकेका कर्मचारी हुन् । उनी नायबसुब्बा हुँदैदेखि कार्यालय प्रमुख हुँदासम्म यातायात कार्यालय वीरगंजमा रजाइँ गर्ने कर्मचारीको रुपमा चिनिन्छन् । उनीलाई झट्ट हेर्दा पातलो, विरामी जस्तो देखिएपनि उनी पनि धेरै चतुर चलाख कर्मचारी हुन् ।
नायब सुब्बा हुँदादेखि नै सम्पूणर् सेटिङ्गको काम गरिसकेका उमेश रेग्मी कार्यालय प्रमुख भएदेखि दुबैजनाको जोडी खुब जमेको छ । दुबैजना मिली यातायात कार्यालयमा लुटतन्त्र नै मच्चाएका छन् । उमेश रेग्मी केही दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा काम पनि गरेका कारण उनीलाई भ्रष्टाचार गर्नेबारे झन डिग्री नै प्राप्त भएको छ । भ्रष्टाचार गरि कसरी उम्किन सक्ने उनीसँग राम्रो अनुभव छ । बोल्दै जहिलेपनि दुःखेसो पोख्ने कार्यालय प्रमुख रेग्मी कम्मर ओढेर घ्यू पिउने काम गरि रहेका छन् । उनी कार्यालय प्रमुख भएपनि सबै काम आफ्नो विश्वासिलो पात्र शम्भु गुरुङ्गलाई जिम्मा लगाएर आफू चोखो बन्ने गरेका छन् ।


प्रतिक्रिया