
श्रेणी : अन्तर्राष्ट्रिय
सन् २०२३ मा विश्वअर्थतन्त्र २ दशमलव ७ प्रतिशत र सन् २०२४ मा २ दशमलव ९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ ।
कोभिड महामारीपछि पुनः सामान्य अवस्थामा फर्किएको चीनका कारण विश्वव्यापी गतिविधिलाई बढावा दिएको ओईसीडीले उल्लेख गरेको छ । युरो क्षेत्रमा घट्दो मुद्रास्फीतिले वास्तविक आय बढाउन मद्दत गर्नेछ र सन् २०२३ मा शून्य दशमलव ९ प्रतिशतबाट २०२४ मा १ दशमलव ५ प्रतिशतमा जीडीपी वृद्धिमा योगदान पुर्याउनेछ ।
सन् २०२३ मा संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १ दशमलव ६ प्रतिशत रहने अनुमान गरिएको छ भने सन् २०२४ मा यो १ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।
विश्वका विभिन्न १९ मुलुकसहित युरोपेली सङ्घसहितको समूह जी–ट्वन्टी अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य सन् २०२२ मा ७ दशमलव ८ प्रतिशतबाट घटेर सन् २०२३ मा ६ दशमलव १ प्रतिशत र सन् २०२४ मा ४ दशमलव ७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।
आर्थिक वृद्धिका लक्ष्यहरू कायम राख्न, ओईसीडीले देशहरूलाई उनीहरूको वित्तीय नीतिहरू समायोजन गर्न र दिगो विकासलाई बढावा दिन सिफारिस गर्दछ ।

प्रतिक्रिया