वीरगन्ज :

यमनिया एयरद्वारा आठवर्षपछि सानाबाट साउदी अरब सिधा उडान सुरु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
21Views
0 Shares

यमनको राष्ट्रिय वायुसेवा कम्पनी, ‘यमनिया एयरवेज’ले हुथी विद्रोहीको नियन्त्रणमा रहेको सानाबाट साउदी अरबका लागि करिब आठ वर्षको सेवा अवरोधपछि सिधा उडान पुनः सुरु गरेको छ । यमनको राजधानी सानालाई साउदी शहर जेद्दाह र मदिनासँग जोड्ने यो उडानको उद्देश्य यमनी तीर्थयात्रीहरूलाई राज्यमा यात्रा गर्न मद्दत गर्नु रहेको बताइएको छ ।

योे यमनमा शान्तिका लागि मार्ग प्रशस्त गर्न जारी अन्तर्राष्ट्रिय प्रयासहरूको बीचमा अर्को सफलताको प्रतीक हो । सन् २०१४ मा हुथी विद्रोहीको नियन्त्रणमा आएपछि साना अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान बन्द गरिएको छ ।

सन् २०२२ को मे महिनामा यमनियाले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतापछि साना र जोर्डनको राजधानी अम्मानबीच बीचबीचमा उडान सञ्चालन गरेको थियो ।

यी उडानहरूले यात्रु ओसारपसारलाई सुविधा प्रदान गर्नुका साथै यमनवासीहरूलाई विदेशमा चिकित्सा उपचार गर्न सहयोग पुर्याएको थियो । हुथी लडाकूसमूहले सन् २०१४ मा यमनका विभिन्न उत्तरी शहरहरू आफ्नो नियन्त्रणमा लिएपछि र यमन सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन सैन्य द्वन्द्वमा फसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *