वीरगन्ज :

यमनको हुथी विद्रोहीको संगठनद्वारा पुन: लडाइँ सुरु गर्ने चेतावनी

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
birgunj report
5Views
0 Shares

यमनको हुथी लडाकू समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ । विद्रोहीसँग जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै उक्त समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र सबै भूभाग कब्जा गर्न नयाँ सैन्य कारबाहीका लागि सक्रिय रूपमा तयारी गरिरहेको हुथी विद्रोही लडाकूका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले घोषणा गरेका हुन् ।

हुथी विद्रोहीले हालै गरेको सैन्य परेड र युद्धाभ्यास बल प्रदर्शन मात्र नभई नयाँ चरणको युद्धका लागि उनीहरूको तत्परताको सङ्केत भएको उनले बताए । यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा हुथी विद्रोही समूहले हालै ठूलो सङ्ख्यामा तैनाथ गरेको हुथी विद्रोही अखडाको भ्रमण गरेपछि नयाँ खतरा आएको हो ।

त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धन समर्थित यमन सरकारका नेताहरूले आफ्ना सेना उच्च सतर्कतामा रहेको र कुनै पनि सम्भावित सैन्य वृद्धिको सामना गर्न तयार रहेको घोषणा गरेका छन् ।

यमनका रक्षामन्त्री मोहसेन अल–दारीले हुथी विद्रोहीले इब प्रान्तमा आयोजना गरेको विशाल सैन्य परेडको प्रतिक्रियास्वरूप सरकारी सेनाले आफ्नो युद्धको तयारी बढाएको जानकारी गराएका थिए ।

सन् २०१४ को अन्त्यतिर हुथी समूहले यमनको उत्तरी भागको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि गृहयुद्ध सुरु भएको थियो । पछि यमनको सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाले सघाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *