वीरगन्ज :

यज्ञमा दलितलाई बस्न नदिने घटनाप्रति दलित पत्रकार संघ पर्साको आपत्ति

यज्ञमा दलितलाई बस्न नदिने घटनाप्रति दलित पत्रकार संघ पर्साको आपत्ति

श्रेणी : BANNER

2 years
Pradeep Sah
9Views
0 Shares

वीरगंज (पर्सा), ५ चैत / वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी घटनामा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको छ । आइतवार राष्ट्रिय दलित पत्रकार संघ पर्साले एक प्रेस विज्ञप्ती जारी गर्दै अलौमा यही चैत ८ गतेदेखि हुने शतचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरिएको घटनाको भत्सर्ना गरेको हो ।
संविधानले नै छुवाछुत एवम् भेदभावजन्य गतिविधिलाई अपराध मानेको अवस्थामा पनि जातकै आधारमा विभेद हुनु खेदजनक भएको संघका अध्यक्ष श्याम पासवान र सचिव सूर्यनारायण वि.क.द्वारा सयुँक्त रुपमा जारी विज्ञप्तमा भनिएको छ । महायज्ञका लागि त्याहाँका दलित समुदायले दिन खोजेको चन्दा पनि लिन अस्विकार गर्नु र उनीहरुलाई महायज्ञमा समावेश नगराउन गैरकानुनी भएको हुँदा घटनालाई गम्भिरताका साथ लिई भेदभाव गर्नेलाई कानुनबमोजिम कारवाही गर्न पनि संघले विज्ञप्तीमार्फत माग गरेको छ । खुलेयाम रुपमा बरु जेल जान तयार तर महायज्ञमा दलित समुदायलाई बस्न नदिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाहीकाय दायरामा नल्याउँदासम्म यस्ता विभेदजन्य घटना भइरहेको संघको ठहर छ । महायज्ञमा दलित समुदायलाई समावेश नगराए संघले पनि कडा रुपमा आन्दोलन गर्ने विज्ञप्तीमार्फत चेतावनी दिएको छ । वीरगंज टाइम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *