
श्रेणी : अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको बताएका छन् ।
वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको छ ।
तर उनले संयुक्त राज्य अमेरिकाले चीनलाई समेट्न नचाहेको बरु सम्बन्धका लागि स्पष्ट आधारभूत नियमहरू स्थापित गर्न चाहेको बताए । उनले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एशिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताए ।
उक्त अवसरमा बाइडेनले नयाँदिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा आफूले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेको र ‘स्थिरता’ बारे छलफल गरेको बताए । वासिङ्टन र बेइजिङबीच विश्वका विभिन्न विषयमा विवाद छ र चीनले अन्तर्राष्ट्रिय व्यवस्थालाई आफ्नो इच्छाअनुसार झुकाउन खोजेको आरोप बाइडेनले लगाएका छन् ।

प्रतिक्रिया