वीरगन्ज :

म कुनै कानुन र अदालतलाई मान्नेवाला छैनः बालेन साह

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिन्दी चलचित्र प्रदर्शनमा रोक नलगाउन उच्च अदालत पाटनले दिएको आदेश नमान्ने बताएका छन् । बिहीबार अदालतको आदेश आएपछि सामाजिक संजालमार्फत मेयर साहले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो । अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *