वीरगन्ज :

म्यानेजमेन्ट स्किल एण्ड पाेजिटिभ गाेल सेटिङ तालिम सम्पन्न

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.6kViews
1084 Shares

वीरगंज । हेल्पिङ हेण्ड युथ साेसाइटी क्लैयाकाे आयाेजनामा शुक्रबार म्यानेजमेन्ट स्किल एण्ड पाेजिटिभ गाेल सेटिङ तालिम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित बिन्दवासिनी हाेटल एण्ड पार्टी प्यालेसमा भएकाे तालिमकाे उद्घाटन जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए ।

तालिमकाे उद्घाटन गर्दै अध्यक्ष सर्राफले आजकाे आवश्यकता सिपमूलक शिक्षा रहेकाे वताए । उनले शिक्षाकाे साथै सिप सिकेर आफ्नै देशमा राेजगारीकाे अवसरहरु खाेज्नु पर्ने वताए । विदेशमा गएर दु:ख पाउनु भन्दा आफ्नै देशमा राेजगार गर्नु पर्ने उत्तम रहेकाे धारणा राखे ।

आयाेजक संस्थाका सल्लाहकार पुनम यादवकाे अध्यक्षतामा उद्घाटन कार्यक्रममा ओम्यान एण्ड चाइल्ड सेफकी अध्यक्ष अंजली गुप्ता, प्रगति एजुकेशन फाउन्डेसनका प्रबन्ध निर्देशक आकाश गुप्ता, मिनिल्याण्ड कलेजका दिपक पटेल, वीरगंज स्कुल अफ लवका चन्द्रिका पटेल, एक्सेल क्लेजका प्रबेज अन्सारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

तालिममा डा. बासुदेव लाल कर्ण, प्रदिप कुमार साह, देव ज्यसवाल, रामबाबु बैठाले प्रशिक्षण दिएकाे कार्यक्रम संयाेजक राजकुमार गुप्ताले वताए । उनका अनुसार तालिम विभिन्न कलेजका २ सय छात्र/छात्राहरुकाे सहभागिता रहेकाे थियाे ।

पढाईकाे गुणस्तरलाई व्यवस्थापन गर्ने र जिवनमा सकारात्मक क्षमताकाे विकास गरि एउटा राम्राे व्यक्तित्व बनाउने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे कार्यक्रम संयाेजक गुप्ताले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *