श्रेणी : अन्तर्राष्ट्रिय
म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात बर्षकोे जेल सजाय सुनाइएको छ ।
यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी उहाँलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ ।
सन् २०२१ को फेबु्रअरीमा भएको ‘कू’ पछि ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई हिरासतमा राख्दै आएको छ । यसले म्यानमारको छोटो लोकतान्त्रिक प्रयोगको अन्त्य गरेको भन्दै म्यानमारमा अहिले पनि व्यापक विरोध प्रदर्शन भइरहेको छ ।
केही महिनाअघि उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले राष्ट्रव्यापी निर्वाचन जितेको थियो । स्वाधीनताका नायककी छोरीसमेत रहेकी सुकीले पूर्व सैनिक शासनकालमा करिब दुई दशक नजरबन्दमा बिताएकी थिइन् ।
सन् २०१७ मा सेनाले गरेको दमनका कारण करिब सात लाख ५० हजार रोहिंग्या अल्पसङ्ख्यक समुदायका सदस्यहरू आफ्नो जलिरहेको गाउँबाट भागेर छिमेकी देश बङ्गलादेशमा जान बाध्य भएका थिए ।
म्यानमारमा प्रजातन्त्रका लागि लडिरहेका धेरैका लागि अब क्रान्ति राजनीति र अर्थतन्त्रमा सेनाको प्रभुत्वलाई स्थायी रूपमा जरैदेखि उखेलेर फाल्न सुकीले दशकौंअघि गरेको आन्दोलनभन्दा बाहिर जानुपर्छ ।
सुकीको जन्म सन् १९४५ जुन १९ मा दोस्रो विश्वयुद्धको अन्तिम हप्तामा जापानको कब्जामा रहेको याङ्गुनमा भएको थियो । उनका पिता आङ सानले सन् १९४८ मा आफ्नो देशलाई स्वतन्त्रताप्राप्त गर्ने सबैभन्दा राम्रो अवसर प्रदान गर्न बेलायती र जापानी उपनिवेशवादी दुवैको पक्ष र विपक्षमा लडेका थिए ।
सुकीले आफ्नो प्रारम्भिक जीवनको अधिकांश समय म्यान्मार बाहिर बिताउनुभएको थियो । सुरूमा आमा भारतको राजदूत रहँदा भारत र पछि उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनका शिलशिलामा बिताएकी थिइन् ।
बेलायतमा रहँदा उनको आफ्ना बेलायती पतिलाई भेटेकी थिइन् । सन् १९६२ मा जनरल ने विनले पूर्ण सत्ता कब्जा गरेपछि उनले आफ्नो समाजवादी अभ्यासलाई म्यानमारमा लागु गरेकी थिइन् तर कुनै समय एसियाको चामलको भकारीको उपाधिले चिनिने विश्वको सबैभन्दा गरिब र सबैभन्दा पृथक देशमा परिणत बनेको छ ।
सन् १९८८ मा आफ्नी आमालाई स्याहारसुसार गर्न स्वदेश फर्केपछि सुकी प्रजातन्त्रको जननीका रूपमा सम्मानित हुन पुगेकी थिइन् ।
उनको नेतृत्वमा सन् १९९० को दशकमा केही समयपछि सेनाको अधिनायकवादी शासनको विरोधमा भएको प्रदर्शनलाई दमन गर्दा कम्तीमा तीन हजारको मृत्यु भएको थियो । यो रक्तपात सुकीका लागि जनताका लागि सङ्घर्ष गर्ने उत्प्रेरणा बनेको थियो ।
सन् १९९० को निर्वाचनमा एनएलडीलाई भारी मतले जिताउनुअघि एक चमत्कारिक वक्ता रहेकी ४३ वर्षीया उनले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेकी थिइन् । सेनापतिहरू सत्ता छोड्न तयार थिएनन् ।
मतदानको परिणामलाई बेवास्ता गर्दै उनीहरूले सुकीलाई उनको याङ्गुनस्थित घरमा सीमित गरे, जहाँ उनी अर्को २० वर्षमध्ये करिब १५ वर्ष बिताएकी थिइन् । सन् १९९१ मा हिरासतमा रहँदा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
जुन्ता प्रशासनले स्थायी रूपमा देश छोडेमा कुनै पनि बेला उनको कैद अन्त्य गर्ने प्रस्ताव गरेको थियो, तर सुकीले त्यसलाई अस्वीकार गर्दै आफूलाई देशप्रति नै समर्पित गर्ने प्रण गरेकी थिइन् ।
त्यो निर्णयको अर्थ सन् १९९१ मा क्यान्सरका कारण आफ्नो पतिको मृत्यु हुनुभन्दा अघि उनलाई भेट्नसमेत पाएकी थिइनन् । उनले नजरबन्दमा नै रहेका समय हुर्केका आफ्ना दुई छोराहरूसमेत गुमाउनु परेको थियो ।
प्रतिक्रिया