वीरगन्ज :

मोर्चाबन्दी गर्न जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

श्रेणी : राजनीति

3 years
birgunj report
27Views
0 Shares

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ। आइतबार जनमत पार्टीका अध्इक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रमा ‘विभिन्न मुद्दाहरुमा सहकार्य गर्ने राष्ट्रिय राजनीतिमा समन्वयकारी तथा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नका लागि तत्काल दुई पार्टीबीच मोर्चाबन्दी गर्ने’ उल्लेख ।

उनीहरुबीच विभिन्न १२ बुँदामा सहमति भएको छ। जसमा टीकापुर घटनाका राजबन्दीहरुलगायत रेशम चौधरीको रिहाइको लागि पहल गर्ने, नेपाल सरकारले ल्याएको मुलुकी फौजदारी संहिता पहिलो संशोधन अध्यादेश, २०७९ लाई संसद्बाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई दबाब दिने, सर्वोच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने लगायतका विषय छन्।

त्यस्तै, नागरिकता विधेयक पारित गर्न दबाब दिने, संविधानमा रहेको त्रुटिपूर्ण धारालाई संशोधन गर्न पहल गर्ने, किसान आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्ने वातावरण सिर्जना गर्ने लगायतका विषय छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *