वीरगन्ज :

मोरङमा कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन

श्रेणी : BANNER

3 years
birgunj report
28Views
0 Shares

विराटनगर । प्रदेश एकका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको ५८ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

मोरङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका थापाको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। निमोनिया भएपछि उनी एक महिनादेखि उपचाररत थिए ।

थापालाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो। नेपाली कांग्रेसका नेतासमेत रहेका थापालाई डेंगुसँगै निमोनिया संक्रमण भएको थियो । नोबेल मेडिकल कलेजका निर्देशक राजेश नेपालका अनुसार थापाको बुधबार बिहान १०ः४० बजे निधन भएको हो ।

यसैबीच, निर्वाचन आयोगले यस क्षेत्रमा मंसिर ४ मै निर्वाचन हुने गरी काम गर्ने तयारी गरेको छ । मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापाको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा के हुन्छ भन्ने विषयमा आयोगले स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रदेशसभा उम्मेदवारको निधनको जानकारी आयोगलाई रहेको र त्यसबारे आयोगले पुनः मनोनयनलगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *