वीरगन्ज :

मोरक्कोमा शक्तिशाली भूकम्प, करिव तीनसय जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
176Views
0 Shares

मोरक्कोमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २९६ जनाको मृत्यु भएको छ । माराकेशबाट ७१ किलोमिटर दक्षिण–पश्चिममा १८.५ किलोमिटर गहिराइमा रहेको उच्च एटलस पर्वतमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार २३ः११ मा भूकम्प गएको थियो । त्यसको १९ मिनेटपछि ४.९ परकम्प गएको थियो । माराकेश र दक्षिणका धेरै क्षेत्रमा मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भूकम्पबाट माराकेशको पुरानो सहरका केही भवनहरू ध्वस्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *