वीरगन्ज :

मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु, परिवारले हत्या दाबी गर्दै जाहेरी

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.0kViews
1317 Shares

राैतहट,१५ भदौ । रौतहटका एक दलित युवक नसिव बैठक मोबाइल चोरीको आरोपमा कुटपिट भएपछि मृत्यु भएको छ। कटहरिया नगरपालिका–४ बहादुरपुरका २८ वर्षीय नसिव ११ भदौमा बीरगन्जस्थित स्पोर्ट अस्पतालमा उपचारको क्रममा निधन भएका थिए।

घटनाको विवरणअनुसार, १६ साउनमा कटहरिया बजारको खाजा पसलमा ३२ वर्षीय गर्भुदयाल सर्वङ्गले मोबाइल चोरीको आरोप लगाएर नसिवमाथि कुटपिट गरेका थिए। भोलिपल्ट १७ साउनमा गाउँकै सञ्जय यादव र विजय यादवले उनलाई आँपको बगैँचामा लगेर बेल्ट, साइकलको चेन र मुक्काले निर्घात कुटपिट गरेका थिए।

स्थानीय दीपलालले घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नसिवलाई उद्धार गरेर चौकी लगे पनि मोबाइल चोरीको पुष्टि नभएपछि उनलाई फर्काइदिएको थियो। तर, सञ्जयको मोबाइल घरमै फेला परेको थियो। चार दिनपछि नसिवको स्वास्थ्य बिग्रँदै गएर उनलाई कटहरिया जीवन ज्योति अस्पताल, त्यसपछि गौर अस्पताल र अन्ततः वीरगञ्ज स्पोर्ट अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

नसिवको मृत्युपछि परिवारले चार जनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएका छन्। डीएसपी राजन कार्कीका अनुसार जाहेरीको आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। घटनामा संलग्न ३२ वर्षीय गर्भुदयाललाई पक्राउ गरी कारबाही अघि बढाइएको छ भने अन्य तीनजनाको खोजी भइरहेको छ।

मृतकका परिवारले दलित र गरिब भएकै कारण नसिवमाथि झूटो आरोप लगाएर कुटपिट गरिएको र हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाही र क्षतिपूर्ति माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *