
श्रेणी : प्रदेश
2.2kViews
1790
Shares
कञ्चनपुर, २९ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार सोमबार राति दोधारा चाँदनीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा परी भीमदत्त नगरपालिका–१३ बडैपुरका २१ वर्षीय गणेश विष्ट र भीमदत्त नगरपालिका–१६ का २१ वर्षीय कैलास सिंह साउँद गम्भीर घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याइए पनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया