तनहुँ, २५ फागुन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको निधन भएको छ।
शनिबार राति पोखराबाट बेलचौतारा जाँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेल गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ लगिएको थियो। तर, अस्पताल पुग्नेबित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। नेपाली कांग्रेसले पौडेलको असामयिक निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ।
प्रतिक्रिया