श्रेणी : मधेस
      2.9kViews
      
      
      1125
      Shares
      
      
जनकपुर,१४ पुस । बयलवास बजार नजिक शनिबार साँझ दुईवटा मोटरसाइकल ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का चालक घाइते भएका छन् ।
बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७१६८ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ना ३९ प ७१६८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको हो ।
चौधरीलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–९, खोरिया टोल बस्ने ३७ वर्षीय सुशीलकुमार राय दनुवार घाइते भएका छन् ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया