वीरगन्ज :

मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

श्रेणी : दुर्घटना

2 weeks
Pradeep Sah
2.3kViews
1556 Shares

हेटौंडा,०४ भदौ । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरस्थित जलेश्वर मन्दिर अगाडिको राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

मंगलबार साँझ मनहरीबाट हेटौंडातर्फ गइरहेको प्र.३–०२–००६ प १९८० नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी रौतहट गढिमाई नगरपालिका–४ की ४६ वर्षीया परमज्योति देवी चौधरीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनलाई पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षीय असवयस पुडासैनी र उनकी आमा ४६ वर्षीया भगवती पुडासैनी घाइते भएका छन्। घाइते भगवतीको चितवनमा उपचार भइरहेको छ भने चालक असवयस उपचारपश्चात इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *