वीरगन्ज :

मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने चीनको घोषणा

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
22Views
0 Shares

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले देशको पर्यटन उद्योगको पुनःउत्थान र विकासलाई बढावा दिने उद्देश्यले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने घोषणा गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार राष्ट्रिय पर्यटन दिवसको अवसरमा आगामी मे महिनाभर देशभर अनलाइन तथा अफलाइन पर्यटन गतिविधि सञ्चालन गरिनेछ ।

दक्षिण पश्चिम चीनको युन्नान प्रान्तको तेङचोङमा रहेको प्राचीन शहर हेशुनमा महोत्सवको मुख्य स्थान राखिनेछ । पर्यटकीय वस्तुमा मुलुकले हासिल गरेका नवीनतम उपलब्धि प्रस्तुत गर्न मे १९ देखि २१ सम्म नगरमा प्रदर्शनी गरिने मन्त्रालयले जनाएको छ ।

सूचनामा स्थानीय प्रशासनलाई सांस्कृतिक तथा पर्यटकीय गतिविधिका लागि कार्यक्रम सार्वजनिक गर्ने, वृद्धवृद्धा र अशक्तका लागि प्राथमिकता दिने नीति प्रदान गर्ने, जनकल्याणका लागि कलात्मक प्रस्तुति दिनेलगायत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि कदम चाल्न आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *