वीरगन्ज :

मे महिनामा चीनको नविकरणीय ऊर्जा सवारी साधन विक्री ८२ प्रतिशतले बृद्धि

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
23Views
0 Shares

चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिकरूपमा ८२ प्रतिशतले बढेको पाइएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले सो विवरण देखाएको हो ।

विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कुल ४ लाख ८३ हजार वटा त्यस्ता सवारी साधन विक्री भएको थियो । यसैबीच, यात्रुवाहक सवारीसाधनको खुद्रा विक्री वार्षिक दुई प्रतिशतले बढेर ७ दशमलव २९ मिलियन युनिट पुगेको छ ।

सीपीसीएले मुख्यतया मे दिवसको बिदाको समयमा विक्री प्रवर्द्धन, केन्द्र र स्थानीय सरकारद्वारा ल्याइएका उपभोग अनुदान नीतिलाई प्रश्रय दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *