वीरगन्ज :

मेरा कारण ललिता निवास प्रकरणमा राज्यलाई नोक्सान भएको रहेछ भने कारबाही भोग्न तयार छुः बाबुराम भट्टराई

श्रेणी : BANNER

2 years
birgunj report
47Views
0 Shares

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणमा आफू सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष भट्टराईले ललितानिवासको विषयमा आफ्नो सरकारका पालामा भएको निर्णयबारे सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन्।उनले मन्त्रालयबाट आएको सबै कुरा प्रधानमन्त्रीलाई थाहा नहुने भएकाले नियतवश आफूले जीवनमा केही पनि नगरेको बताए । उनले भने, ‘राणा र राजाको पालामा बिर्ताको नाममा दिएको रहेछ। पछि समरजंग कम्पनीको नाममा आएको हो। त्यो सच्याउनुपर्छ भनेर मन्त्रालयबाट उठेर आयो। मन्त्रालयबाट आएको सबै कुरा प्रधानमन्त्रीलाई थाहा हुँदैन। टिकुन्छा गुठीलाई उसैको नाममा लगतबमोजिम तीन चार रोपनी जग्गा दर्ता गरिने निर्णय भएको रहेछ। सबै छानबिन गरौँ। म तयार छु। नियतवश मैले जीवनमा केही गरेको पनि छैन। त्यहाँ त्रुटी भएको रहेछ राज्यलाई नोक्सान भएको रहेछ भने नियम कानुनबमोजिम कारबाही भोग्न म तयार छु।’भट्टराईले ललितानिवास, औषधि खरिदमा ओम्नी, वाइडबडी, नेपाल ट्रष्टको जग्गा सस्तोमा दिएको लगायत सबै विषयको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । सत्तामा रहेका हरेक व्यक्तिले लाभ लिने काम गरेकाले आयोग नै गठन गरेर छानबिन गर्नुपर्ने उनले बताए ।उनले भने, ‘दल विशेषको भन्दा पनि त्योभन्दा माथि उठेर निष्पक्ष ढंगले छानबिन गर्ने र दोषीलाई कारबाही गर्नुपर्यो। यहाँ त फेरि सबै चोर हुन् भन्ने छ। चोरलाई सजाय हनुपर्यो, साधुलाई उन्मुक्ति हुनुपर्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *