
श्रेणी : मधेस

वीरगंज, पर्सा
भेटरान्स सिटि क्लब द्वारा पहिलो वीरगंज महानगर मेयर अन्डर स्कुल फुटबल प्रतियोगिताको आयोजना गरेको छ।
उक्त फुटवल प्रतियोगिता वीरगंज नगरपालिकाका पहिलो मेयर केसर प्रसाद मानान्धरको सम्झनामा आयोजना गरिएको हो ।
वीरगंज स्थित आदर्शनगर रंगशालामा भेटरान्स सिटि क्लब द्वारा पहिलो वीरगंज महानगर मेयर अन्डर स्कुल फुटबल प्रतियोगिताको एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले उद्घाटन गर्नुभएको छ।
उद्घाटन गर्दै प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले मन्तब्यको क्रममा भने भेटरान्स सिटि क्लब द्वारा पहिलो वीरगंज महानगर मेयर अन्डर स्कुल फुटबल प्रतियोगिताको आयोजनामा गरेकोमा क्लबलाइ धन्यबाद दिदै यस्तो कार्यक्रम गरिरहन आग्रह गर्दै वीरगंजमा राम्रा खेलाडीहरु उत्पादन हुने र वीरगंजको अधिराज्य भरि नाम हुनेछ जस्ता भनाइ राखेका थिए।
फागुन ७ गते देखि फागुन १३ गतेसम्म वीरगन्जमा अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आदर्शनगर खेलकुद मैदानमा सञ्चालन हुने प्रतियोगितमा महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुमा खेलाडीहरुको खेलप्रति उत्सुकता र शिक्षा, स्वास्थ्य खेल प्रति जागरुकता ल्याउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक वीरगन्ज भेट्रान्स सिटी क्लबले जनाएको छ ।
नटआउट प्रतियोगितामा ७ वटा नीजि स्कुल र ५ वटा सामुदायिक स्कुल गरि १२ वटा स्कुलले प्रतिस्पर्धा गर्ने भेट्रान्स सिटी क्लबका अध्यक्ष सबिन बस्नेतले बताएका छन् । वीरगन्जका प्रथम मेयर स्व.केशर प्रसाद मानन्धरको स्मृतिमा आयोजन हुने यस प्रतियोगितामा उनले वीरगन्जवासीलाई दिएको योगदान र पहिचानको सम्झानामा प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष सविन बस्नेतले जनाए ।
प्रतियोगितामा मनकामना स्कुल, मासकोट स्कुल, मुनलाइट, लिटिल फलावर, साउथजोन, नवदिप, विद्यासदन, त्रिभुवन माध्यमिक विद्यालय, नृसिंह माध्यमिक विद्यालय, त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापिठ माध्यमिक विद्यालय, मेरा गिता गजेन्द्रराज जोशी माध्यमिक विद्यालयले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
साथै पहिलो हुने स्कुल लाइ २१०००/- एकइस हजार रुपैयाँ र सिल मेडल, दोस्रो हुने लाइ ११०००/ एघार हजार रुपैयाँ र सिल मेडल रहेको छ।
प्रथम मेयरको परिचय
वीरगंजको विर्तामा वि.सं. १९९४ मा जन्मिएका केशर प्र. मानन्धर २०१० देखि २०२० सम्म दुई कार्यकाल तत्कालिन वीरगन्ज नगरपालिकाको मेयर पदमा रहेका थिए । उनी विद्यार्थीकाल देखि नै खेलकुद र खेलाडीहरु प्रति रुचि राख्नु हुन्थ्यो । मानन्धर आफै फुटबल खेलाडीको रुपमा विभिन्न प्रतियोगितामा भाग समेत लिएका थिए ।
फुटबलको साथ साथै भलिबलको पनि अब्बल खेलाडी थिए । फुटबल तथा भलिबल प्रतियोगितामा सहभागी भई खेलाडीहरुको नेतृत्व भूमिकामा उत्रिका स्व.केशर प्र. मानन्धरले खेल जगतमा धेरै महत्वपूर्ण योगदान दिएका थिए । सफल राजनीतिज्ञ र खेलाडीको पहिचान बनाएका वीरगन्जका प्रथम मेयरको निधन वि.सं. २०७३ सालमा भएको थियो।

प्रतिक्रिया