वीरगन्ज :

मृतक महिला प्रहरी सुनारको ‘ब्वाइफेन्ड’ पक्राउ, मोबाइलमा भेटियो विवादको म्यासेज

श्रेणी : BANNER

12 months
Pradeep Sah
2.5kViews
1847 Shares

सिरहा, ५ असार । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी ‘ब्वाइफ्रेन्ड’ पक्राउ परेका छन् । गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

सोही घटनामा आत्माहत्या दुरुत्साहनको आरोपमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका–२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।  मृतक महिला प्रहरीको मोबाइलमा फेला परेका म्यासेजका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदय द्विवेदीले जानकारी दिए ।

‘उहाँहरूको बीचमा विवाद भएका म्यासेजहरू फेला परे । मृतकका परिवारले पनि उहाँविरुद्ध जाहेरी दिनुभयो । त्यसैका आधारमा अदालतबाट ७ दिनको म्याद लिएर आत्माहत्या दुरुत्साहनको आरोपमा अनुसन्धान गरिरहेका छौँ’, प्रहरी निरीक्षक द्विवेदीले भने । वीेगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *