वीरगन्ज :

मूर्ति विसर्जनका क्रममा डुबेका विद्यार्थीको शव १४ घण्टापछि फेला

श्रेणी : धर्म संस्कृति

2 months
Pradeep Sah
3.0kViews
1640 Shares

रौतहट,२३ माघ । रौतहटको राजदेवी नगरपालिका-६ स्थित बागमती नदीमा सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका विद्यार्थी सुरज यादवको शव १४ घण्टापछि फेला परेको छ।

वडा ७ मूडबलवाका २२ वर्षीय सुरज यादव मंगलवार साँझ पौने ७ बजे नदीमा डुबेर बेपत्ता भएका थिए। आफन्तले खबर गरेपछि सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीर दल गण रौतहटको संयुक्त टोलीले खोजी गरेको थियो।

आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मिटर दक्षिण बागमती नदीमा उनको शव फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

मृतक विद्यार्थी स्थानीय प्रावि मूडबलवाका प्रधानाध्यापक उमेश यादवका छोरा हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *