वीरगन्ज :

मुल्य वृद्धिकाे विरुद्ध वीरगंजमा जनमत पार्टीकाे प्रदर्शन

मुल्य वृद्धिकाे विरुद्ध वीरगंजमा जनमत पार्टीकाे प्रदर्शन

श्रेणी : BANNER

2 years
Pradeep Sah
25Views
0 Shares

वीरगंज (पर्सा), १४ असोज । इन्धन लगायत दैनिक उपभाेग्य वस्तुमा दिनहुँ भईरहेकाे मुल्यवृद्धि विरुद्ध वीरगन्जमा जनमत पार्टीले प्रदर्शन गरेकाे छ । जनमत पार्टीका युवा, विद्यार्थी र महिला नेता कार्यकर्ताले घण्टाघर चाेकमा नाराबाजीसहित विराेध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी जनमतका नेता कार्यकर्ताले मुल्यवृद्धी बन्द गर, जनताकाे डाढ सेक्न पाइदैन, नेपाल सरकार खबरदार लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि घणटघर चाेकमै आयाेजित काेण सभामा बाेल्दै जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सर्राफले प्रचण्ड नेतृत्वको सरकार जनतामारा साबित भइरहेकाे बताए । आम सर्वसाधारण जनता र मजदुरकाे काम नपाएर आम्दानी घट्दै गएकाे र युवाहरुकाे राेजगारी खाेसिदै गएकाे बेला सरकारले दैनिक उपभाेग्य वस्तुमा दिनहुँ मुल्य वृद्धि गरेर जनतामारा काम गरिरहेकाे उनले बताए ।

मुल्य वृद्ध तत्काल नराेकिए जनताकाे साथलिएर जनमत पार्टी सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत उनले दिए । प्रदर्शनम जनमत पार्टीका केन्द्रीय सदस्य सिपु तिवारी, पर्सा सह इन्जार्ज मुकेश द्विवेदी, युवा जनमत संघ पर्साका संयाेजक राजुराज गिरी, विद्यार्थी जनमत संघ पर्साका संयाेजक विवेक झा, युवा जनमत संघका वीरगंज महानगर संयाेजक सन्जय सिंह, विशाल गुप्ता, पवन ठाकुर लगायतको सहभागीता थियाे । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *