
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफूले यसअघिको अभिव्यक्तिको बचाउ गर्दै काम गर्न ‘बहुलाउनैपर्ने’ बताएका छन् । उनले २०७२ सालको संविधान बहुलाएरै बनाएको, केपी ओलीले बहुलाएरै नाकाबन्दीको सामना गर्नुपरेको भन्दै मुलुकमा अब केही गर्न बहुलाउनै पर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘हो, अब हामी ‘बहुलाउनै’ पर्छ ! ०७२ सालमा संबिधान निर्माण गर्न हामी ‘बहुलाएरै’ लागेका थियौं । त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्यो । ०७४ को चुनावपछि हामी ‘बहुलाएरै’ काममा जोतिएका थियौं ।’
यसअघि रिमालको सार्वजनिक भिडियोमा केपी ओलीको स्टाटसमा पचासहजार लाइक आएमात्रै एमाले पहिलो पार्टी हुने बताएका थिए । त्यस्तै उनले त्यसमा रवि लामिछाने, हर्क साम्पाङ, बालेन साहको स्टाटसमा त्यसैगरी लाइक र कमेन्ट आउने बताएका थिए ।
यस्तो छ रिमालको फेसबुक स्टाटस
हो, अब हामी ‘बहुलाउनै’ पर्छ ! ०७२ सालमा संबिधान निर्माण गर्न हामी ‘बहुलाएरै’ लागेका थियौं ।
त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्यो ।
०७४ को चुनावपछि हामी ‘बहुलाएरै’ काममा जोतिएका थियौं ।
आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी … हामीले ‘बहुलाएरै’ नक्सामा सामेल गर्यौं । सिंगो मुलुक एक ठाउँमा उभियो ।
अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन ‘बहुलाएर’ लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने … धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर!
म पनि काम गर्ने मामिला ‘बहुलाउने’ मानिस हुँ ।
हो, मुलुकमा केही गर्न हामी अब ‘बहुलाउनै’ पर्ने भो !
फेरि पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद !
आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी … हामीले ‘बहुलाएरै’ नक्सामा सामेल गर्यौं । सिंगो मुलुक एक ठाउँमा उभियो ।
अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने … धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर!
म पनि काम गर्ने मामिला ‘बहुलाउने’ मानिस हुँ ।
हो, मुलुकमा केही गर्न हामी अब ‘बहुलाउनै’ पर्ने भो !
फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद!

प्रतिक्रिया