वीरगन्ज :

मुम्बईमा चलिरहेको ट्रेनबाट १० जना यात्रु खस्दा १ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

3 weeks
Pradeep Sah
2.3kViews
1333 Shares

काठमाडाैं,२६ जेठ । सोमबार बिहान मुम्बईको ठाणे जिल्लास्थित मुम्ब्रा र दिवा स्टेशनको बीचमा भइरहेको एक दुखद रेल दुर्घटनामा चलिरहेको लोकल ट्रेनबाट खसेर एक जनाको ज्यान गएको छ भने अन्य ९ जना यात्रु घाइते भएका छन्।

ठाणे महानगरपालिकाका अनुसार बिहान करिब ९:२० बजेतिर कसराबाट सीएसएमटी (छत्रपति शिवाजी महाराज टर्मिनस) जाँदै गरेको फास्ट लोकल ट्रेनमा यो घटना भएको हो। दुर्घटनामा खसेका अधिकांश यात्रुहरू ट्रेनको फुटबोर्डमा उभिएका थिए।

मध्य रेलवेका मुख्य जनसम्पर्क अधिकारी (सीपीआरओ) स्वप्निल धनराज निलाले दिएको जानकारीअनुसार, दुर्घटना मुम्ब्रा र दिवा रेलवे स्टेसनको डाउन फास्ट लाइनमा भएको हो। उनले भने, “कसरा र सीएसएमटीतर्फ गइरहेका दुई रेलका यात्रुहरू फुटबोर्डमा उभिएका थिए, मोडमा रेल अलि झुकेपछि उनीहरू एकअर्कासँग ठोक्किँदा केही यात्रु सन्तुलन गुमाएर तल खसे।”

उनका अनुसार यो दुर्घटना दुई ट्रेन ठोक्किएकाले नभई रेलहरूबीचको दूरी मोडमा घट्दा भएको हो। सामान्यतया रेलहरूबीच करिब १.५ देखि २ मिटर दूरी हुन्छ, तर मोडमा रेलहरू थोरै ढल्किने हुँदा यस्तो घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घाइते सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ भने मृतकको पहिचान खुलाइएको छैन। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको रेलवे प्रशासनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *