
श्रेणी : अन्तर्राष्ट्रिय
जनकपुर,०८ चैत । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत तस्बिर साझा गर्दै भेटवार्ता सकारात्मक भएको जानकारी दिएका छन्।
भेटमा रामायण सर्किट र सीता सर्किटको विकास, अयोध्यामा जाने पर्यटकका लागि जनकपुरधामलाई अनिवार्य गन्तव्य बनाउने लगायतका विषयमा छलफल भएको थियो। यसैगरी, मधेस प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि उत्तर प्रदेश सरकारको सहयोगको आवश्यकता पनि उठाइएको थियो।
तर, मुख्यमन्त्री सिंहको यो भ्रमणबारे मधेस प्रदेश सरकारका अन्य मन्त्रीहरू अनभिज्ञ रहेका छन्। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले भनिएका अनुसार, मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई भ्रमणको बारेमा कुनै जानकारी गराएका थिएनन्, र न त आधिकारिक जानकारी नै उपलब्ध गराएका थिए।

प्रतिक्रिया