जनकपुर, २ चैत्र । यस वर्षको महामूर्खको उपाधिद्धारा मधेशका मुख्यमन्त्रि सितशकुमार सिंह सम्मानित भएका छन् । जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले महामूर्खको उपाधि यो वर्ष मुख्यमन्त्री सतीशकुमार सिंहलाई प्रदान गरेको छ । जनकपुरधामको राममन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बीच मुख्यमन्त्री सिंहलाई महामूर्ख २०८१ घोषणा गरिएको हो ।
आज जनकपुरधाममा मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चालेको कदमको सह्रना गर्दै ‘महामूर्ख’को उपाधिबाट सम्मानित गरिएको हो । उनलाई विशेष प्रकारको व्यंग्यात्मक माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सम्मान गरे। मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि चालेको कदमको सह्राना गर्दै उक्त उपाधिले सम्मानित गरिएको मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिए।
यसैगरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ।
प्रतिक्रिया