
श्रेणी : मधेस
जनकपुर,२१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समतामूलक समाज निर्माणका लागि सबै पक्षको साझा जिम्मेवारीको खाँचो रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री सिंहले प्रदेशवासीलाई शुभकामना दिँदै सदियौँदेखि समाजमा गहिरो रूपमा गढेका जातीय विभाजन र छुवाछुतजस्ता अमानवीय प्रथाले समानता, समावेशिता र सामाजिक न्यायलाई गम्भीर क्षति पुर्याउँदै आएको बताएका छन्।
दिवसका सन्दर्भमा जारी सन्देशमा उनले समावेशी र न्याययुक्त समाज निर्माणका लागि नीति, कार्यक्रम र जनचेतनामूलक अभियानलाई मधेश प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।
मुख्यमन्त्री सिंहले राज्यका सबै संरचनामा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै सामाजिक विभेद अन्त्यका लागि सबै तह र तप्काबाट जिम्मेवार व्यवहार आवश्यक रहेकोमा जोड दिए।


प्रतिक्रिया