वीरगन्ज :

मुख्यमन्त्री सिंहद्धारा एक अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा”

श्रेणी : अन्तर्राष्ट्रिय

1 month
Pradeep Sah
2.6kViews
1031 Shares

जनकपुर, २१ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुने अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालाका लागि प्रदेश सरकारले एक अर्ब रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

जनकपुरधाममा आइतबारदेखि शुरु भएको जय ट्रफी (एलिट कप)को उद्घाटन समारोहमा उनले रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसक्ने निकटता र प्राविधिक समस्याहरू समाधान भइसकेको जानकारी दिए ।

मुख्यमन्त्री सिंहले यस रंगशालाको निर्माणका लागि २२ गते राष्ट्रिय परिषद र गुठी संस्थाबीच सम्झौतापत्र हस्ताक्षर हुने जानकारी दिए। त्यसपछि क्याबिनेटको बैठकमा निर्णय गरी केन्द्रसँग अनुमति लिने प्रक्रिया अघि बढ्ने उनले बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा घोषणा गरेका एक अर्ब रुपैयाँ अनुदान यस रंगशालामा खर्च गर्ने र प्रदेश सरकारले अर्को एक अर्ब रुपैयाँ थप गर्ने घोषणा गर्दै, मधेश प्रदेशका युवाहरूसँग खेलकुदमा संलग्न हुन आग्रह गरे ।

सिंहले भने, “मधेश प्रदेश सरकार खेलकुदको विकासमा सधैं सकारात्मक रहेको छ र भविष्यमा यस क्षेत्रमा अझ बढी लगानी गर्ने योजना बनाइरहेको छ।”

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित प्रतियोगिता, जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहेको छ, को उद्घाटन खेल जनकपुरधाममा चलिरहेको छ। क्यानका सचिव पारस खडकाले रेड बल क्रिकेटको महत्व र देशभरका खेल मैदान निर्माणमा ध्यान पुर्याउन तीनवटै तहका सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *