वीरगन्ज :

मुख्यमन्त्री सिंहको मिर्चैयामा छड्के अनुगमन: १३ अस्पताल बन्द, २ जना पक्राउ

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.3kViews
1244 Shares

जनकपुर,१७ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको मिर्चैयामा सञ्चालित अस्पतालहरूको छड्के अनुगमन गरेका छन्। शनिबार साँझ मुख्यमन्त्री सिंहको नेतृत्वमा गरिएको अनुगमनमा १४ वटा निजी अस्पतालहरूको निरीक्षण गरिएको थियो, जसमा १३ वटा अस्पताल बन्द गरिएका छन्।

बन्द गरिएका अस्पतालहरूमा सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर लगायतका अस्पतालहरू रहेका छन्। मुख्यमन्त्री सिंहका अनुसार, ती अस्पतालहरू अधिकांश दर्ता नगरी सञ्चालनमा रहेका थिए।

त्यसैगरी, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक पनि बन्द गरिएका छन्। मापदण्डविपरीत सञ्चालनमा रहेको मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिने सुधारका लागि पत्र काटिएको छ, जसले १५ बेडको स्वीकृति पाए पनि अनधिकृत रूपले बढी सेवा सञ्चालन गरेको पाइयो।

अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूमध्ये सिद्धकामना हस्पिटलका दुई कर्मचारी पक्राउ पनि भएका छन्। अनुगमन टोली पुग्दा ती कर्मचारी अस्पतालमा बिरामी भर्ना गरिरहेका थिए, तर टोली देख्नासाथ सटर बन्द गरेर भाग्न खोजेका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरी जिम्मा लगाएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *