वीरगन्ज :

मुख्यमन्त्रीको आदेशलाई लत्त्याउँदै रौतहटको आनन्द हस्पिटल सञ्चालनमा

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.3kViews
1249 Shares

रौतहट,१२ चैत । मधेस प्रदेश सरकारले अवैध रूपमा सञ्चालनमा रहेका अस्पतालहरू बन्द गर्ने अभियान थालेको भए पनि रौतहटको आनन्द हस्पिटल एक्युपन्चर सेन्टरले मुख्यमन्त्रीको आदेशलाई बेवास्ता गर्दै पुनः सञ्चालनमा आएको छ।

मुख्यमन्त्री सतिश सिंहको नेतृत्वमा गएको अनुगमन टोलीले गरुडा नगरपालिका–५, शिवनगरस्थित सो अस्पताल अवैध रूपमा सञ्चालित रहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको थियो। २५ बेडको मात्र अनुमति पाएको अस्पताल गैरकानुनी रूपमा ५० बेडसम्म विस्तार गरी सञ्चालन गरिएको प्रमाण भेटिएपछि बन्द गर्न पत्र समेत जारी गरिएको थियो। तर, अस्पताल सञ्चालक उमेश प्रसादले आदेशको अवज्ञा गर्दै पुनः सेवा सञ्चालन गरेका छन्।

स्थानीयबासीहरूका अनुसार, सो अस्पतालमा अत्यधिक शुल्क लिइने, गुणस्तरहीन सेवा प्रदान गरिने, दक्ष चिकित्सकको अभाव रहने तथा बिना दर्ताका स्वास्थ्यकर्मीहरूले उपचार गर्ने जस्ता गम्भीर समस्या छन्। यसरी नियमविपरीत सञ्चालन भइरहँदा प्रशासन मौन बसेको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्।

मुख्यमन्त्रीकै आदेशको अवहेलना हुँदा पनि प्रशासन मौन बसेको भन्दै सर्वसाधारणले तत्काल कारबाहीको माग गरेका छन्। एक स्थानीयले भने, “यदि सरकारले कारबाही गर्न सकेन भने यो लुटतन्त्रको अखडा बन्ने खतरा छ। हामी आफैं सडक आन्दोलन गर्न बाध्य हुनेछौं।”

अब प्रशासनले अवैध अस्पताललाई बन्द गर्ने ठोस कदम चाल्ने कि पुनः राजनीतिक पहुँचकै बलमा सेटिङ चल्ने भन्ने विषयमा स्थानीयहरू आशंकित छन्। यदि तत्काल कडा कारबाही नहुँदा सर्वसाधारण स्वास्थ्य ठगीको शिकार हुने निश्चित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *