वीरगन्ज :

मिर्चैयामा दुई मोटर पार्ट्स पसलमा भीषण आगलागी

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.2kViews
1911 Shares

जनकपुर,१२ जेठ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका अन्तर्गत संस्था चोकमा आइतबार राति भएको आगलागीले दुई मोटर पार्ट्स पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

यादव ब्रदर्स अटो ट्रेडर्स र एस ट्रेडर्स एन्ड सप्लायर्स नामका दुई पसलमा राति करिब १०:४५ बजे विद्युत सर्ट भएर आगो लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेशराज पुरीले जानकारी दिए।

घटनाको समयमा पसलभित्र कोही नभएको र विद्युत तार छोटिएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आगोका कारण पसलमा रहेका मोटरसाइकल, अटो रिक्साका पार्टपुर्जा, ब्याट्री, मोबिल, लुब्रिकेन्ट्स र अन्य सबै सामान पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

डीएसपी पुरीका अनुसार आगलागीबाट ७० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ। आगो निभाउन वारुणयन्त्र र जेसीबीको सहारा लिनु परेको थियो।

यो घटनाले बजार क्षेत्रमा सुरक्षा सतर्कता, विद्युत प्रणालीको मर्मत–सम्भार तथा व्यवसायिक सम्पत्तिको बीमाको आवश्यकता झन् बढाएको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *