वीरगन्ज :

मिटरब्याज पीडितसम्बन्धी विधेयक निष्कृय भएपनि सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गर्छौंः उपप्रधानमन्त्री श्रेष्ठ

श्रेणी : BANNER

1 year
birgunj report
5Views
0 Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितसम्बन्धी विधेयक निष्कृय हुनुबाट पीडित जनताको पक्षमा को र विपक्षमा को छ भन्ने स्पष्ट भएको बताएका छन् ।

बुधबार राति सामाजिक संजालमार्फत गृहमन्त्री श्रेष्ठले विधेयक निष्कृय भएपनि सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिने बताएका हुन् ।

उनले भने, ‘आज म धेरै आहात भएको छु । आज प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो ।तर गरिएन । आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ । तर सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ । पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरुले सोचेका छन् भने त्यो ठूलो भ्रम हो । पीडितलाई न्याय नदिलाई विश्राम लिइनेछैन ।’

गृहमन्त्री श्रेष्ठले विधेयक संसदको प्रक्रियामा रहेकाले निरास नहुन मिटरब्याज पीडितलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आयोगले काम जारी राख्नेछ । प्रजिअ कार्यालयमा सहजीकरण समितिको काम निरन्तर अघि बढ्नेछ । विधेयक संसदको प्रकृयामा छ, अघि बढाइनेछ र कानुन बनाइछाडिनेछ । तसर्थ पीडितहरुलाई निरास नहुन र सकृयताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र विजय सुनिश्चित छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *