वीरगन्ज :

मिटरब्याजपीडितलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान

श्रेणी : अर्थ

2 years
birgunj report
136Views
0 Shares

काठमाडौं । मिटरव्याज सम्बन्धि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याजपीडितलाई निवेदन दिन आह्वान गरेको छ । बिहीबार आयोगले वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने जनाएको छ ।

आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष पनि स्थापना गरिएको र सोही स्थानबाट निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि प्रशासनकै कर्मचारीले सहयोग गरिदिने आयोगले जनाएको छ ।

तराई मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर मिटरब्याजपीडित संघयर्षरत् छन् । सरकारले समस्या समाधान गर्न नखोजेको भन्दै उनीहरु वार्ता नै भंग गरेर आन्दोलनमा उत्रिएका थिए ।

सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न विशेष अदालका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्य जाँचबुझ आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व नायव महान्याधिवक्त गणेशबाबु अर्याल र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *