वीरगन्ज :

मालपोत कार्यालय बारामा छड्के अनुगमन, १७ कर्मचारी अनुपस्थित

श्रेणी : अपराध

12 months
Pradeep Sah
2.8kViews
1141 Shares

बारा,२५ माघ । जिल्ला प्रशासन कार्यालय बाराको टोलीले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छड्के अनुगमन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र प्रसाद यादवको नेतृत्वमा भएको अनुगमनमा मालपोत अधिकृत उदयशंकर चौधरीसहित १७ कर्मचारी अनुपस्थित भेटिएका छन्।

सेवाग्राहीको गुनासोपछि भएको अनुगमनका क्रममा मालपोत अधिकृत चौधरी, नायब सुब्बा राजकिशोर चौधरी, रामजी साह, कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादवलगायत कर्मचारीहरू अनुपस्थित रहेको पाइएको थियो। कार्यालय सहयोगी, चौकीदार र स्विपरसमेत अनुपस्थित थिए।

प्रशासकीय अधिकृत यादवले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थित भई छिटो-छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। अनुपस्थित कर्मचारीको हाजिरी काटिएको मालपोत कार्यालय बाराका प्रमुख सालिकराम ढकालले पुष्टी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *