वीरगन्ज :

मालपोत कार्यालय प्रमुखसहित आठजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
2.5kViews
1617 Shares

काठमाडौं,०८ माघ । विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले सोमबार आठमध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको हो ।

अदालतले मालपोत प्रमुख रसाइलीलाई एकवर्ष, मानबहादुर चन्दलाई नौ महिना, अग्निबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको हो । मतियारहरू विन्द्रा रावल, कमलबहादुर रावल, सुनिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ ।

अदालतले दोषी ठहर भएकामध्ये विन्द्रा रावल ज्येष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई एक महिना १५ दिन मात्र कैद बसे हुने फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *