वीरगन्ज :

मानिसलाई ठक्कर दिएर भाग्ने सवारीसाधनको पहिचान गरी कारबाही गर्न माग

श्रेणी : समाचार

3 years
birgunj report
17Views
0 Shares

काठमाडौं, भदौ ३० गते
लायन्स क्लब अफ अर्घाखाँचीले आफ्ना सदस्य नवराज बन्जाडे लाई ठक्कर दिएर भाग्ने सवारीसाधनको पहिचान गरी कारबाही गर्न माग गरेको छ । उनको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

गत २५ भदौ साँझ घरअगाडि बाटोमा हिँडिरहेका बेला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको अहिले प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । कुमको पछाडिपट्टिबाट ठक्कर दिई भागेको मोटरसाइकल र चालकको हालसम्म पहिचान भइसकेको छैन । यद्यपि प्रहरीले भने अनुसन्धानमा स्थानीयबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गरेको छ ।

जिल्ला प्रशासन काार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेर क्लवका संस्थापक अध्यक्ष हरिप्रसाद भुसालसहित पदाधिकारी तथा सदस्यहरूले घटना भएको लामो समय भइसक्दा पनि दोषी पहिचान नहुनु चिन्ताको विषय भएको भन्दै सक्रियता बढाउन सुरक्षा अधिकारीहरुलाई आग्रह गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र निमित्त प्रहरी प्रमुख कृष्णप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले घटना भएको लामो समय भइसक्दासम्म पनि दोषी पत्ता नलाग्नुमा सुरक्षा निकायको कमजोरी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *