
श्रेणी : BANNER
जनकपुर,०९ भदाै । आर्थिक प्रलोभन देखाएर महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा जनकपुरधाम–२३ निवासी ४५ वर्षीय होटल सञ्चालक अजिज राइनलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीको उजुरीका आधारमा राइनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको हो। उनका विरुद्ध मानव बेचविखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन्।
“हाल प्रमाण संकलनको प्रक्रिया जारी छ,” प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।
उक्त घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेकाले आयोगले यसलाई संवेदनशील मुद्दा मानी प्रारम्भिक छानबिन सुरु गरेको जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले बताएका छन्।


प्रतिक्रिया