वीरगन्ज :

मानव कल्याणको क्षेत्रमा डा. रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छः प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इसा अवार्ड जितेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत डा. रुइतलाई बधाई दिँदै प्रधानमन्त्रीले मानव कल्याण्को क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’

आँखाको ज्योति गुमाएका करिव दुई लाख नागरिकालई सुन्दर संसार देखाउन सफल रुइतलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरिएको हो ।

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ संस्थाको नाम छानिएको थियो। तर, १० लाख अमेरिकी डलरको अवार्ड डा. रुइतले पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *